राराको सेरोफेरो मा खिचिएका तस्बिरहरु

राराको सेरोफेरो मा खिचिएका तस्बिरहरु

Posted by Rambabu Thapa on Friday, November 6, 2015

Read More

जहाँ इच्छा त्यहाँ उपाय

The ultimate opportunist!

Posted by Street FX Motorsport & Graphics on Friday, November 6, 2015

Read More

तिमी निष्ठुरीको के भर छ र

धेरै लामो नै पो प्रतिक्षा गरायौ
तर जब तिमी आएको खबर पाएँ
के लगाएको थिएँ ख्याल रहेन
हतार गरी खुट्टामा चप्पल घुसाएर
कसैलाई नहेरी कुदेको थिएँ म

भीड थियो तिम्रो दर्शन पाउनै गार्हो
तैपनि म अघि बढें तिमीलाई हेर्न
तिम्रो एक झल्को पाउनमात्र पनि
मैले कतिलाई कुहिनोले ठेलेको छु
कतिको खुट्टा किल्चिएर अघि बढेको छु

तर जब मैले तिमीलाई देखें
मन फुरुंग परेको थियो
रातो रंगमा सजिएकी तिमीलाई देख्ने बित्तिकै
सबैको आँखा छलेरै भएपनि
घर लैजाने इच्छा उम्लिएको थियो

भाग्यले नै जुराएको हुनुपर्छ
समय र परिस्थितिले नि साथ दियो
जब तिमीलाई समातेर मख्ख परी उचालें
सायद तिमी डाइटिंगमा थियौ
तिम्रो वजन पहिलेभन्दा कम थियो

तैपनि झ्याइँकुटी पार्दै तिमीलाई घरतर्फ लागें
सबैले अनौठो नजरले हेरिरहेका थिए
तिमीलाई पाएकोमा मलाई भाग्यमानी ठानिरहेका थिए
कसलाई पो थाहा छैन र यहाँ
मैले तिम्रो कति लामो प्रतिक्षा गरेको छु

खै मैले त भनेको थिइन कसरी थाहा पाएछन्
तिम्रो स्वागतमा सबै जना मूलद्वार मा नै आएछन्
तिमीबाट नजर हटाएर उनीहरुलाई हेरें
तिम्रो आगमनले सबैको खुसीले आँखा रसाएछन्
तर तिमी अझै पनि गमक्क फुलेर बसेकी छौ

तिमी आयौ घरमा अब चुल्हो बल्ने भो
बिहान बिहान तिमीले नै चिया बनाएर खुवाउने भयौ
आमासँग मिलेर तिमीले भान्सा तयार गर्ने भयौ
तर तिमी निष्ठुरीको के भर छ र
फेरी कुन दिन मेरो घर रित्तो पारेर हिड्ने हौ
र म फेरी प्रतिक्षामा अल्झिनुपर्ने हो

‪#‎आधाग्याँस‬

 

Read More

टुकीको उज्यालोमा नेपालको उज्वल भविष्य

टुकीको उज्यालोमा हल्लिरहेको Electric Bulb को छायाँ
चुल्होको छेउमा ठड्याइएको खिया लागेको सिलिन्डर
नासोस्वरूप सजाएर राखिएको धुलाम्य मोटरसाइकल
गन्तव्यमा पुग्न हतारिदैं लम्किएका पाइलाहरु
#नेपाल

Posted by Rambabu Thapa on Tuesday, November 3, 2015

Read More